सपनीमा झस्किने यो बानी गएन !
तिमी संग मस्किनी यो बानी गएन ।।
ति हात थाम्ने रहरमै कालो कपाल सेतो भयो,
छुदापनि रिसाउने तिम्रो त्यो बानी गएन ।।
बात पाए, घात पाए, कयौ चोटि आघात पाए!
तर तिम्रो मुहार देख्दा सबै बिर्सने यो बानी गएन ।।
मनका पोका खोल्छेऊ भनि धेरै पटक मौन बसे,
तर ति ओठ कहिले नखुलाउने तिम्रो त्यो बानी गएन ।।
परेलीमै बल्झाई राख्यो आगनीको याचकसरि सधै,
" अर्याल कान्छो" तिम्रो ठुलाओछ्यानको कहिलै पाहुना भएन ।।
