भौगोलिक र जातियमा, देश टुक्रा नपारन बिन्ती ।
डाडा काडा हिमाललाई, भाग भाग नपारन बिन्ती ।।
डाफे नाच्ने त्यो भिर, लालि गुरास फुल्ने पाखा ।
दुश्मनी को सिमा लगाइ,तत मम नपारन बिन्ती ।।
सधैं बग्ने नदी नाला झरना, देशका गहना हुन ।
स्वतन्त्रले बग्न नदीइ,जथा भावी नपारन बिन्ती ।।
सयौ थुङ्गा फुलाउने एउटै, माली नेपाल आमा ।
न्यानो आश्रयदिने कोख,हारा लुछी नपारन बिन्ती ।।
