यसो हाम्रो कुरो पनि सुनिदेऊ न सरकार,
अलिकति हाम्रो पिडा नि लेखिदेऊ न गजलकार !
थानामा चाना काट्दा माना- पाथि नभरे'भा,
एउटा रिपोर्ट हाम्रोपनि लेखिदेऊ न थानेदार !
आधारभुत समस्याको नै समाधान छैन भने,
आन्द्रा-भुडि किन्न-बेच्न मिल्ने बनाईदेऊ न बजार !
लाखौ-करोडौमा हजुर खेल्नुस नो प्राँबलम,
यसो हाम्रो जिउ-ज्यानको नि मूल्य देऊ न हजार ।
