एक डलर सतासी सेन्ट । त्यति थियो । डेलाले यो धन एक एक सेन्ट गर्दै बचाएकी थिई । चामल दाल किन्दा तरकारी किन्दा मासु किन्दा पसलेहरुसँग मोलतोल गरेर यो पैसा बचाएकी थिई । उसले यो पैसा तीनपल्ट गनी । एक डलर सतासी सेन्ट । भोलिपल्ट कि्रस्मसको दिन थियो ।
सानो मैलो सोफामा बसेर रुनुबाहेक अर्को उपाय थिएन । अनि डेलाले त्यसै गरी । उसले बिचार गरी जीवन रुवाई सुस्केरा हाँसोले बनेको छ तर त्यसमा सुस्केराकै मात्रा अधिक छ ।
घरकी श्रीमती पहिलो अवस्थादेखि दोश्रोमा विस्तारै जाँदै गर्दा हामीले उसको घरलाई हेर्यौं । मेच टेबलहरु भएको घरभाडा हप्ताको आठ डलर । घरको अवस्था त्यति राम्रो होईन । प्रवेशद्धारमा चिठी खसाल्ने एउटा बाकस छ । तर त्यहाँ कसैले चिठी खसाल्दैन । बाहिर बिजुलीको घण्टी बजाउने एउटा स्वीच छ तर त्यो स्वीच थिच्न कोही आउँदैन ।
त्यसैको छेउमा मिस्टर जेम्स डिलियगंघाम यंग लेखिएको एउटा नामपाटी छ ।
हप्तामा तीस डलर कमाउँदा जेम्स डिलियगंघाम यंगले यो नामपाटी त्यहाँ झुन्ड्याएको थियो । तर अहिले आय घटेर बीस डलर हुँदा ती अक्षरहरु धमिला हुँदै गएका थिए ।
मिस्टर जेम्स डिलिगंघाम घर पुग्दा मिसेज जेम्स डिलिगंघामले उसलाई माया गरेर आलिगंन गर्थी र जीम भनेर बोलाउँथी । मिसेज जेम्स डिलिगंघामलाई तपाईले अघि नै भेटिसक्नु भयो । ऊ डेला हो ।
लोकप्रियादेवी व्यक्तिगत रूपमा जति असल थिइन् त्यति नै प्रतिभाकी धनी 
नेपाली साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीक हुन् योगमाया । योगमाया नेपाली काव्यक्षेत्रकी एउटी सबल सर्जक हुन् । अनि योगमाया आफ्ना कवितालाई कथेर मुखाग्र भन्न सक्ने एउटी स्रष्टा हुन् । वास्तवमा बूढी औँठाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिने योगमाया नै त्यस्ती आशुकवयित्री हुन् जसले जे देख्यो त्यही फररर भन्न सकिन्; जे भेट्यो त्यही विषयमा कविताबाट बोल्न सकिन् र जे सुन्यो त्यही विषयलाई कविताबाटै बिट मार्न सकिन् । छातीबाट उनले आफ्नो मुटुलाई डँडेल्नोमा राखिन् र सामाजिक क्रान्तिका लागि खाली खुट्टा उचालिन् । योगमाया कुनै कथा, कविता र उपन्यासकी पात्र थिइनन्; उनी नेपाल अधिराज्यको पूर्वाञ्चलक्षेत्र भोजपुरस्थित दिङ्लाकी एउटी सांस्कृतिक क्रान्तिकी नर्सिङ्गा थिइन्, साहित्यकी उत्पादन थिइन् र अन्धविश्वासको कालो जालो भत्काउन कम्मर कसेकी एउटी प्रतिभा थिइन् ।
चन्द्रकान्तादेवी सानैदेखि सुकिली थिइन् । उनको तन जति सुकिलो थियो उनको मन पनि त्यत्तिकै सङ्लो थियो । सौन्दर्यको हिसाबमा भन्ने हो भने उनी टकटकाउँदी थिइन् । उनी जति हेर्यो त्यति नै हेरिरहूँजस्ती राम्री, सुन्दरी र हिसी परेकी थिइन् । त्यसैले उनलाई हेरेर त्रूmर राणाशासक पनि बुहारीझार हुन्थे । उनको रूप, रङ र पोसाक अनि उनको हाउभाउ चमत्कारी देखिन्थ्यो । त्यसैले एक पटक श्री ३ महाराज जुद्धशमशेरले हजुरिया जर्नेल सिंहशमशेरलाई हुकुम गरे “चन्द्रकान्ता जोशिनीका काम केके छन् गरिदिनू ।” त्यस बेला श्री ३ महाराजको त्यस्तो हुकुम हुनु भनेको जनताका लागि जिउँदै स्वर्ग पुगेजस्तो मानिन्थ्यो ।
अम्बालिकादेवी सानैदेखि तीक्ष्ण थिइन् । उनी मिलनसार पनि थिइन् । उनी अर्काको सेवामा पनि जुट्थिन् । यी सबैभन्दा महत्वपूर्ण कुरा उनी ज्यादै सुन्दरी थिइन् । उनी तनकी मात्र सुन्दरी थिइनन्, मनकी पनि सुन्दरी थिइन् । वास्तवमा उनी जति राम्री थिइन् त्यति नै राम्रो विचारकी कुबेर थिइन् । यी सबै बेहोरा जोडिएर उनी चर्चित भइन्, प्रसिद्ध भइन् र अन्ततः अमर पनि भइन् । एउटै उपन्यास ‘राजपूत रमणी’ लेखेर नेपाली भाषासाहित्यमा सबैभन्दा अगाडि उभिने उपन्यासकार नै अम्बालिकादेवी भइन् ।