कसले बोले हुने होला ? कसको पो मुख ताक्ने होला ?
खाडलमा देश जाकिसके, अझै कति जाक्ने होला ?
जति जोगी आए पनि, कानै मात्र चिरिएका !
यो बरबादीबाट बच्न, कुन द्यौता पो भाक्ने होला ?
भरियाले गह्रौँ भारी, बिसाएझैँ चौतारीमा !
मनको भारी जनताले, कुन थलामा राख्ने होला ?
आफ्नो भुँडी भरेपछि, भुले भोकका सारा पीडा !
गरिबले नि लोकतन्त्रको, फल कैले चाख्ने होला ?
अत्यन्त पुरानो मानव सभ्यताको बारेमा पुरातात्विक अध्ययनार्थ उत्खनन गर्दा लालपुरमा अनैाठो शक्तिशाली चश्मा भेटिएको कुरा त्यहाँका राजाको दरवारमा मात्र पुगेन, छिमेकी राज्यमा पनि पुग्यो। त्यो चश्मा लगाउँदा जे चितायो त्यही कुरा चलचित्र जस्तै गरी देख्न सकिने कुरा पनि हाबाको गतिमा छिमेकी राजा कहाँ पनि पुग्यो। 