एउटा मान्छेले उहिले
देशलाई बाँसुरी ठान्थ्यो
खूब बजाइरन्थ्यो ।
ऊ बाँसुरीलाई ऊखु जस्तै चुस्थ्यो
कहिले लट्ठी बनाइ प्रयोग गर्थ्यो
कहिले शान्तिको राग अलाप्थ्यो
कहिले बिकासको धून सुनाउथ्यो
बाँसुरी उस्को लागी प्रजातन्त्र थियो
यो अस्तिको कुरा हो ।
हिजो करोडौं हातहरुले नयाँ बाँसुरी बनाए
यसलाई फरक ढंगले , नयाँ सोचले बजाउन
सुर, ताल र स्वर मिलाउन
करोडौंको सपना साकार बनाउन
बाँसुरीलाई सबैले माया दिए ,विस्वास गरे
यो हिजोको कुरा हो ।
