लण्डन शहरका विभिन्न ठाँउमा निरामिष भोजनालयहरु पाइन्छन् । एक दिन नेशनल ग्यालेरीका चित्रहरु हेर्दा म थाकेको थिएँ । एक बज्नै लागेको थियो र मलाई साह्रो भोक लाग्यो । यसैले म नजीकैको सेन्ट मार्टिन लेनमा भएको भोजनालयमा पसेँ । त्यहाँ दुइ चार जना मानिसहरु खाना खाँदै थिए । मैले एउटा टेबुल छानें मेचमा बसें अनि अखवार पढ्न थालें ।
एउटी वेट्रस आई र बिनम्र भएर मेरो अर्डर पर्खिरही । मैले अखवारबाट आँखा हटाएँ मेनु हेरें अनि उसलाइ खानेकुराको अर्डर दिएँ । धन्यवाद सर भनेर ऊ कुनै आवाज ननिकाली छिटो छिटो गई । त्यसै समयमा अलिकति परको टेबलमा मेरो ध्यान आकर्षित भयो । त्यहाँ एउटी अंग्रेज केटी बसिरहेकी थिई । उसले आश्चार्य मानेर मलाई हेरीरहेकी थिई तर मैले हेर्ने बित्तिकै उसले मबाट आँखा हटाई । उसले आश्चार्य मानेकोमा कुनै नयाँ कुरो थिएन किनभने कुईरेहरु हाम्रो साँवलो वर्ण देखेर मोहित हुन्छन् र हामीले चहिएभन्दा बढी ध्यान आकर्षित गर्छौ ।
केटी तेह् चौध बर्षकी थिई । उसको पहिरनबाट गरीबी झल्कन्थ्यो । उसको कपाल पिठ्यूमा झरना झै झरॆको थियो । आँखा ठूला थिए अनि त्याहाँ खिन्नताको भाव थियो । उसले थाहा नपाई मैले उसलाई नियालेर हेरें । मेरो खाना आइपुग्दा उसले खाइसकेकी थिई । वेट्रेसले उसको बिल ल्याई । केटी उठी र काउन्टरमा गई । पैसा तिर्दा उसले काउन्टरमा बसेकी युवतीलाई सोधी, "मिस के ती सज्जन भारतीय हुन् ?"
मलाई त्यस्तै लाग्छ । युवतीले भनी । के उनी यहाँ सधै आउँछन् सधै आए जस्तो त लाग्दैन । धन्यवाद । केटीले भनी अनि मलाई चकित दृष्टिले हेरी अनि बाहिर गई । यसपल्ट म विस्मित भएँ । कुरा के थियो होला ममा उसको किन यस्तो चासो खाना खाईसकेपछि मैले वेट्रेसलाई सोधें । अघि त्यहाँ बस्ने केटीलाई चिन्छ्यौ राम्ररी त चिन्दिन तर प्रत्येक शनिबार ऊ खाना खान आउँछे । अरु दिन त मैले उसलाई यहाँ आएको देखेकी छैन । ऊ को हो तिमीलाई केही थाहा छ सायद ऊ छेवैको पसलमा काम गर्छे । कसरी जान्यौ शनिबार साप्ताहिक तलब पाउने दिन हो । त्यसैले ऊ यहाँ आउँछे । अरु दिन खाना खान पैसाले पुग्दैन होला । तलब पनि त थोरै होला । उसको कुरा सुनेर म बिचलित भएँ । केटीको बिषयमा मेरो कौतुहल हटेन । उसले यसरी मेरो विषयमा किन सॊधपुछ गरी । मप्रति उसको पहिरन र उदास अनुहार मेरो मनमा आईरहयो । त्यो केटी को थिई मबाट उसको के उपकार होला आइतबार लण्डनमा सबै पसलहरु बन्द हुन्छन् । सोमबार बिहान खाजा मार्टिन लेनको वरपरका सबै पसलहरु एक एक गर्दै चाहरें तर ऊ कहीं थिईन । एक साता बित्यो शनिबार आयो । म फेरी त्यही भोजनालयमा पुगें । पस्नासाथ त्यो केटीलाई त्यही टेबलमा बसेर खाना खाईरहेको देखें । म पनि त्यही टेबलमा गएर एउटा मेचमा बसें र भने गुड आफ्टरनुन । केटी अलि लजाएर भनी गुड आफ्टरनुन सर । म उ सित यता उताका कुरा गर्न थालें । अन्त्यमा उसले सोधी के तपाई भारतीय हुनुहुन्छ हो । मैले भने । के तपाई शाकाहारी हुनुहुन्छ तिमीले किन यो प्रश्न गरेकी मैले भने । धेरैजसो भारतीयहरु शाकाहारी हुन्छन् भन्ने सुनेकी छु । उसले भनी । भारतको विषयमा तिमीले यस्तो कुरा कसरी सुन्यौ मेरा दाई भारतमा छन् । भारतीय फौजका उनी एक सिपाही हुन् । मैले प्रश्नको उत्तर दिदै भने म बास्तवमा शाकाहारी होईन । तर बेला बेलामा शाकाहारी भोजन खानमा मन पर्छ । मेरो कुरा सुनेर केटी निराश भई । मैले के बुझें भने उसको दाई नै उसको एक मात्र अभिभावक रहेछ । ऊ आफ्नी बुढी आमासँग ल्याम्बेथमा बस्थी । दाईबाट चिठी आउँछ अहँ धेरै दिनदेखि चिठी आएको छैन । यसैले मेरी आमा एकदमै चिन्तित छिन् । मानिसहरु उनलाई के सुनाउँछन् भने भारतमा बाघ र साँपहरु बढी छन् । दाईलाई केही भयो कि भनेर उनी डराउँछिन् । के साँच्चै भारतमा बाघ र साँपहरु बढी मात्रामा छन् होईन मैले हाँसेर भनें यस्तो भए त्यहाँका मानिसहरु कसरी बस्न सक्थे केटीले लामो सास तानी । उसले भनी कुनै भारतीयलाई भेटे त यो सबै कुरा सोध्ने थिएँ भनेर आमाले भन्थिन् । यति भनेर केटीले मलाई अनुनयपूर्ण आँखाले हेरी । मैले उसको मनको कुरा बुझें । मलाई उसको घरमा लगेर आफ्नी आमासित भेट गराउने उसको इच्छा थियो । तर उसले आफ्नो इच्छा व्यक्त गर्ने सहास गरिनँ । ती दिन दुःखी आमालाई भेट्न मलाई पनि इच्छा लाग्यो । यस देशमा गरीबहरु कसरी बस्छन् र के सोच्छन् त्यो पनि हेर्ने मेरो इच्छा थियो । केटीलाई मैले भनें मलाई तिम्रो घरमा लान्छ्यौ आमासित परिचय गराउँछ्यौ । यो सुनेर केटीका आँखा कृतज्ञताले चम्के । उसले भनी तपाईलाई धेरै धेरै धन्यवाद । अहिले जानुहुन्छ खुशीसित तपाईको काममा कुनै बाधा त पर्दैन बाधा पर्दैन । दिउँसो मेरो फूस्रद छ । केटी खुशी भई । खाना खाईसकेर हामी दुबै उठ्यौं । मेरो नाम एलिस मार्गरेट क्लिफोर्ड हो । कति राम्रो नाम रहेछ । मैले भनें । यसरी कुरा गर्दै हामी सेन्ट मार्टिन्स चर्चमा पुग्यौं । त्याहाँबाट च्यरिगं क्रसतिर लाग्यौं । बाटोमा ठूल्ठूला बसहरु गुडिरहेका थिए । फुटपाथमा उभिएर मैलै भनें आउ यहाँ बस पर्खौ । केटीले भनी पैदल हिड्दा तपाईलाई आपत्ति छ छैन । तर तिमीलाई दुःख हुदैन मैले भनें म त सधै िहंडेर घर जान्छु । बाटोमा जाँदा मैले ऊ कहाँ काम गर्छे भनेर सोधें । उसले भनी म सिभिल सर्विसमा टाईपिस्टको काम गर्छु । बेलुकी सधैं म यो बाटो आउँछु । आज शनिबार भएको हुनाले छिट्टै छुट्टी भयो । कुरा गर्दै हामी वेस्टमिनीस्टर बि्रज पुग्यौं । मैले भनें तिमीलाई के भनेर बोलाउँ एलिस कि मिस क्लिफोर्ड अलि अलि हाँस्दै उसले भनी म अहिले ठूली भएकी छैन । तपाईले जे नामले बोलाए पनि हुन्छ । अरुले मलाई मेगी भन्छन् । के तिमी ठूली हुन चाहन्छ्यौ अँ । किन ठूली भएपछि म धेरै कमाउन सक्छु । मेरी आमा बुढी भईसकिन् । तिमीलाई अहिलेको काम मन पर्दैन अहँ मलाई बुद्धि लगाउनुपर्ने काम मन पर्छ जस्तै सेक्रेटरीको काम । अहिलेको काममा त बुद्धि लगाउनु पर्दैन । हामी पुलदेखि पारी ल्याम्बेथमा पुग्यौं । यो गरीबहरुको गाउँ हो । मेगीले भनी सेक्रेटरी भएँ भने आमालाई यहाँबाट अर्कै ठाउँमा लान्छु । अन्त्यमा हामी एउटा साँघुरो ढोकाको सामु आईपुग्यौं । मेगीले ढोका खोली अनि भित्र गएर मलाई भनी आउनोस् । म भित्र पसेपछि मेगीले ढोका थुनी । भर्यागंमा चढेर ऊ कराई आमा तिमी कहाँ छ्यौ तलबाट आवाज आयो छोरी म भान्छाघरमा छु । आइज । मेगीले भनी आमा तिमीलाई भेट्न एकजना भारतीय सज्जन आएका छन् । वृद्धाले भनिन् कहाँ छन् उनी म मेगीको पछि पछि लागें । उसले हाम्रो परिचय गराई यहाँ मिस्टर गुप्त हुनुहुन्छ । उनी मेरी आमा । खुशी लाग्यो भनेर मैले हात फैलाएँ । मिसेज क्लिफोर्डले भनिन् माफ गर्नुहोला मेरो हात सफा छैन । यति भनेर उनले हात फैलाएर देखाईन् । उनले भनिन् आज शनिबार हो केक बनाउँदैछु । बेलुकी मानिसहरु केक किन्छन् । शनिबार बेलुकी हामी सधै केक बिक्री गर्छौं । यसरी दुःख सुखसित जीवन बितिरहेछ । गरीबहरुको टोलमा शनिबारको रात एउटा उत्सवकै दिन हुन्छ । सडकमा ठेलागाडीमा बत्ती बालेर असंख्य मानिसहरु मालताल बेच्दै हिड्ँछन् । यति बेला बाटामा निकै भिड हुन्छ । गरीबहरुको निम्ति शनिबार खर्च गर्ने दिन हो । किनभने यसैदिन उनीहरुले हप्तावारी तलव पाउँछन् । टेबलमा मैदा नौनी किसमीस अण्डा आदि केक बनाउने सामान थिए । एउटा टिनमा बनाईसकेका केक पनि थिए । मिसेज क्लिफोर्डले भनिन् गरीबको भन्छाघरमा बस्न तपाईलाई मन पर्छ मैले काम सकें । मेगी तैंले उहाँलाई बस्ने कोठामा लैजा म आउँदैछु । मैले भनें होईन होईन मलाई यहाँ आराम छ । तपाईले राम्रो केक बनाउनुहुँदो रहेछ । मिसेज क्लिफोर्डले हाँसेर मलाई धन्यवाद दिईन् । केक तयार गर्दै उनले सोधिन् भारत कस्तो ठाउँ हो भारतवर्ष खुबै सुन्दर देश हो । त्यहाँ केही डर छैन छैन यहाँ जस्तो त्यहाँ चिसो छैन । त्यो त गरम देश हो । के त्यहाँ सर्प बाघ धेरै हुन्छन् तिनीहरुले मानिसलाई हानी गर्दैनन् मैले हाँस्दै भनें यी सब कुरामा विश्वास नगर्नुहोस् । सर्प र बाघ त जंगलमा बस्छन् । मानिस बसेको ठाउँमा आउँदैनन् । आईहाल्यो भने नि मानिसले मारिहाल्छन नी । मेरो छोरो पंजावमा छ । ऊ फौजमा काम गर्छ । पंजाब कस्तो ठाउँ हो पंजाब खुबै राम्रो ठाउँ हो । त्यहाँ बिरामी हुने डर पनि छैन । त्यहाँ स्वास्थ्य खुबै राम्रो रहन्छ । मिसेज क्लिफोर्डले भनिन् यो सुनेर मलाई खुसी लाग्यो । उनले केक बनाईसकिनु र छोरीलाई भनिन् मेगी मिस्टर गुप्तलाई माथि लैजा म हात धोएर चिया बनाएर ल्याउँछु । म मेगीको पछि पछि बैठकमा पुगें । त्यहाँ सामानहरु कम थिए भुइँमा ओछ्याईएको कार्पेट पनि पुरानो भइसकेको थियो ठाउँ ठाउँमा फाटेको थियो तर सबै सफा थियो । केही बेरपछि मिसेज क्लिफोर्डले चिया लिएर आईन् । चिया पिउँदै मैले भारतबर्षको कुरा सुनाउन थालें । मिसेज क्लिफोर्डले आफ्नो छोराको एउटा फोटो देखाईन । यो फोटो भारतबर्ष जानु अघि लिइएको थियो । उनको छोराको नाम प्रुा_िन्सस थियो । मेगीले एउटा एलबम निकाली । त्यसमा सिमलाका पहाडका फोटाहरु थिए । भित्रको पृष्ठमा लेखिएको थियो जन्मदिनको उपलक्ष्यमा मेगीलाई्र प्यारो दाजु प्रुा_िन्ससको उपहार । मिसेज क्लिफोर्डले भनिन् मेगी मिस्टर गुप्तलाई यो औंठी देखा त । मेगीले भनी यो जादुको औंठी हो । एउटा योगीले प्रु_िन्ससलाई दिएको थियो । यति भनेर उसले औंठी निकाली । उसले सोधी के तपाई जोखना हेर्न जान्नुहुन्छ औंठीबाट धेरैकुरा जान्न सकिन्छ भन्ने त मैले पनि सुनेको थिएँ । मैले औंठी हातमा लिएर हेर्न थालें । औंठीमा स्फटिक जोडिएको थियो । मिसेज क्लिफोर्डले भनिन् यो पठाउँदा प्रुा_िन्ससले लेखेको थियो एकाग्र मनले यो स्फटिकमा टाढा गएको मानिसलाई सम्झेर हेरे उसको विषयमा सबैथोक जान्न सकिन्छ । योगीले यो प्रुा_िन्ससलाई भनेको थियो । धेरै दिनसम्म प्रुा_िन्ससको खबर नआउँदा मैले र मेगीले यसमा निकै बेर ध्यानसित हेरॆक थियौं तर केही देखिएन । एकपल्ट तपाई हेर्नुहोस् त । तपाई हिन्दु हुनुहुन्छ शायद सफल हुनसक्नुहुन्छ । मलाई थाहा भयो अन्धविश्वास खाली भारत बर्षमा मात्र सिमित छैन । यो त पितलको साधारण औंठी थियो । तर उनीहरुको विश्वासलाई मैले तोड्न सकिन । मिसेज क्लिफोर्ड र मेगीको आग्रहले मैले औंठीलाई हातमा लिएर स्फटिकलाई हेर्न थालें । अन्त्यमा उनीहरुलाई त्यो औंठी िदंदै भने मैले त यसमा केही देखिन । आमा छोरी दुबै यो सुनेर दुःखी भए । साँझ परिसकेको थियो । म उनीहरुसित बिदा भएर हिँडे । तीन महिना बिते । यसै बिच म कतिपल्ट मेगी सित गएर उसकी आमालाई भेटेको थिएँ । एकदिन मेगीलाई जू गार्डेन घुमाउन लगें । त्यहाँ मेगी अरु केटीहरुसित हात्तीमा बसी । हात्तीमा चढ्दा उ अत्यन्त खुसी थिई । तर अझसम्म उसको दाजुको केही खबर आएन । एकदिन मिसेज क्लिफोर्डको अनुरोधमा इन्डिया अफिसमा गएर सोद्धा थाहा भयो सिमा प्रान्तको युद्धमा प्रुा_िन्ससको पल्टन गएको छ । यो सुनेर मिसेज क्लिफोर्ड अत्यन्त चिन्तित भईन् । एकदिन बिहान मेगीले लेखेको पोष्टकार्ड पाएँ । उसले लेखेकी थिई पि्रय मिस्टर गुप्त मेरीआमा एकदमै बिरामी छिन् । एक हप्तादेखि म काममा गएकी छैन । कृपा गरेर तपाई आईदिनुभए म अत्यन्त कुतज्ञ हुने थिएँ । मेगी म जुन घरमा बस्थे त्यहाँ मैले मेगी र उसकी आमाको बिषयमा कुरा गरेको थिएँ । बिहान खाजा खाँदा मेगीले पठाएको चिठीको विषयमा भनें । गृहिणीले भनिन् तिमी जाँदा अलिकति पैसा साथमा लिएर जाऊ । केटी सातादेखि काममा गएकी छैन । तलब पनि पाएकी छैन । उनीहरुलाई अहिले दुःख होला । खाजा खाईसकेर म केही रुपियाँ बोकेर हिँडे । घर पुगेर ढोका ढक्ढकाएँ । मेगीले ढोका खोली । उसको अनुहार खस्केको थियो । आँखा भित्र पसेका थिए । मलाई देखेर उसले भनी मिस्टर गुप्त तपाईलाई कसरी धन्यवाद दिउँ मैले सोधें तिम्री आमा कस्ती छिन् मेगीले भनी अहिले उनी सुतेकी छिन । उनी एकदमै बिमारी छिन् । डाक्टरले भनेको छ प्रुा_िन्ससको केही खबर नआएको हुनाले चिन्ताले उनको रोग बढेको हो । सायद उनी बाँच्दिनन् । मैले मेगीलाई सान्त्वना दिन थालें । आफ्नो रुमालले आँसु पुछिदिएँ । केही स्वस्थ भएर मेगीले भनी म तपाईसित एउटा भिक्षा माग्छु । मैले भनें के हो मेगी बैठकमा आउनुहोस् अनि भन्छु । हामी हिँडेको आवाजले बिरामी बिउँझन्छिन होला भनेर हामी खुबै सावधानीसित बैठकमा आयौं । कोठामा उभिएर मैले सोधें के कुरा हो मेगी मेगीले आकुल नेत्रले मलाई केहीबेर हेरीरही । म प्रतिक्षा गरिरहें । अन्त्यमा मेगी केही भन्न नसकेर दुबै हातले मुख छोपेर रुनलागी । म मुश्किलममा परें । यो केटीलाई के भनेर सान्त्वना दिउँ उसको दाजु सिमाप्रान्तको लडाइँमा मरे कि बाँचे भगवान् नै जानून् । यस पृथ्वीमा उसकी एउटी आमा मात्र छन् । आमा मरिन् भने उसको के दशा होला यो यौवनोन्मुखी बालिका यस लण्डन शहरमा कसरी उभिन्छे मैले मेगीको मुखबाट बिस्तारै हात हटाएँ । मैलै भने मेगी तिमी के भन्न चाहन्छ्यौ । मबाट केही उपकार हुन सक्छ भने म निश्चय गर्छु । मेगीले भनी मिस्टर गुप्त म तपाईसित जे प्रस्ताव गर्छु त्यो सुनेर तपाई के सम्झनुहुन्छ त्यो म जान्दिनँ । मेरो प्रस्ताव ठिक छैन भने माफ गर्नुहोला । के हो कस्तो प्रस्ताव हिजो दिनभरि आमाले के भनिन् भने मिस्टर गुप्त आएर त्यो स्फटिकमा राम्ररी हेरिदिए त प्रुा_िन्ससको केही खबर थाहा पाउँथे कि । उनी त हिन्दु हुन् । यसैले मैले तपाईलाई चिठी लेखेकी हुँ । तिम्रो इच्छा भए त्यो औंठी ल्याउ म फेरी हेर्ने कोशिस गर्छु । मेगीले आकुल स्वरमा भनी यस पटक निस्फल हुनुभयो भने मैले मेगीको मनको भाव बुझें । जानेरै म चूप बसें । मेगीले भनी मिस्टर गुप्त हिन्दुहरु खुबै सत्यपरायण हुन्छन् भन्ने कुरा मैले पुस्तकमा पढेकी छु । तपाई्रले स्फटिकमा हेरेर आमालाई प्रुा_िन्सस जाति नै छ भन्नुभयो भने त्यो पाप हुन्छ अन्याय हुन्छ यति भन्दा भन्दै मेगीका आँखाबाट आँसु बरबरी खस्न थाले । म केही बेर सोचिरहें । मैले मनमनै बिचार गरें म धर्मात्मा त होइन । यस जीवनमा मैले धेरै पाप गरेको छु । आज यो पाप पनि गर्छु । यो मेरो सबैभन्दा सानो पाप हुनेछ । मैले भनें मेगी तिमी चुप हौ नरोऊ । कहाँ छ त्यो औंठी एकपल्ट हेरौं त । त्यसमा केही देखिएन भने तिमी जे भन्छौ म त्यही गर्छु । यदि त्यो अन्याय भयो भने भगवान्ले मलाई रक्षा गरुन् । मेगीले औंठी ल्याएर मलाई दिई । मैले त्यो औंठी हातमा लिएँ । मैले भनें जाउ त हेर आमा उठ्नुभयो कि पन्ध्र मिनेटपछि मेगी आई । उसले भनी आमा उठीछन् । तपाई आएको कुरा मैले उनलाई भनें । अहिले म उनलाई भेट्न सक्छु । आउनुहोस् । म वृद्धाको रोगशैयाको छेउमा गएँ । मेरो हातमा त्यो औंठी थियो । मैले उनलाई नमस्कार गरें र भनें मिसेज क्लिफोर्ड तपाईको छोरा जाती नै छ ऊ जीवित छ । यो सुन्नेबित्तिकै वृद्धाले सिरानबाट अलिकति टाउको उठाईन । उनले भनिन् के यो स्फटिकमा देख्नुभयो मैले निसंकोच भनें ज्यू मिसेज क्लिफोर्ड मैले यही स्फटिकमा देखें । वृद्धाले फेरी टाउको सिरानमा राखिन् । उनका आँखाबाट आनन्दका आँसु खस्न थाले । उनले अस्फुट स्वरमा घरिघरी भनिन् भगवान्ले तपाईको भलो गरुन् । मिसेज क्लिफोर्ड समय नजिक आयो । पहिला सोचें लेबेन्थ गएर मेगी र उसकी आमलाई भेटुँ कि । तर उनीहरु अहिले शोकमा परिरहेका छन् । सिमाप्रान्तको लडाँइमा प्रुा_िन्सस मारिएको थियो । केहीदिन अघि कालो बोर्डर भएको चिठीमा मेगीले मलाई समाचार लेखेकी थिई । मैले हिसाब गरेर हेरें । जुनबेला मैले मिसेज क्लिफोर्डलाई उसको छोरा जाती छ जीवित छ भनेको थिएँ । त्यसको अघिनै प्रु_िन्ससको मृत्यु भइसकेको थियो । यही कारणले मिसेज क्लिफोर्डको सामु जान मलाई लाज लागेको थियो । यसैले मैले एउटा चिठी लेखेर मेगी र उसकी आमासँग बिदा मागें । अन्तमा लण्डनमा मेरो अन्तिम दिन थियो । म अब आफ्नो देशतर्फ यात्रा गर्न लागेको थिएँ । म बसेको घरमा सबैसित बसेर बिहानको खाजा खान लागेको थिएँ । त्यतिबेला बाहिर ढोका ढकढक गरेको आवाज आयो । केही बेर पछि नोकर्नीले आएर भनीं मिस्टर गुप्त तपाईलाई भेट्न एउटी केटी आएकी छ । म उठेर बस्ने कोठामा गएँ । त्यहाँ कालो पोशाकमा मेगी उभिएकी थिई । मैले मेगीलाई बस्ने आग्रह गरें । मेगीले भनी तपाई आज जानुहुन्छ हो मेगी आज मेरो जाने दिन हो । देश पुग्न कति दिन लाग्छ दुई हप्ता जति लाग्छ । तपाई उहाँ कहाँ बस्नुहुन्छ म पंजाब सिभिल सर्भिसमा बस्छु । त्यहाँबाट सिमाप्रान्त निकै टाढा छ त्यति टाढा छैन । डेरागाजीखाँकै छेउमा प्रुा_िन्ससको चिहान छ । त्यति भन्दै उसका आँखा आँसुले भरिए । मैले भनें म उता पुगेपछि तिम्रो दाजुको चिहानमा गएर तिमीलाई चिठी लेख्नेछु । मेगीको अनुहार कृतज्ञताले उज्यालो भयो । उसले मलाई धन्यबाद दिई । उसको गला अवरुद्ध भयो । उसले खल्तीबाट एक शिलिगं निकालेर मेरो सामु राखेर भनी तपाई जानुभयो भने एक शिलिगंको फूल किनेर मेरो दाजुको चिहानमा चढाइदिनुहोला । मैले बिचार गरें । बालिकाले खुबै दुःख गरेर कमाएको पैसा फर्काईदिउँ कि । अनि भनिदिउष कि हाम्रो देशमा फूल सबै ठाउँमा पाइन्छ पैसा दिएर किन्नुपर्दैन । तर फेरी बिचार गर्न थालें त्यस त्यागको सुखबाट बालिकालाई किन बन्चित गरुँ । यो उसले बडो मेहनत गरेर कमाएको पैसा हो । आफ्नो दाजुको प्रेमको नाममा यो त्याग गर्न उ तयार छ । त्यागको त्यो सुख अमुल्य छ । यस सुखले विरह तप्त हृदय केही शीतल हुन्छ । उससलाई त्यसबाट बन्चित गर्नमा के लाभ छ यही बिचार गरेर मैले शिलिगं उठाएँ । मैले भनें मेगी म यो पैसाले फूल किनेर तिम्रो दाजुको चिहानमा चढाईदिन्छु । मेगी उठी । उसले भनी म तपाईलाई कसरी धन्यवाद दिउष मेरो काममा जाने समय भयो । गुड बाई । चिठी लेख्नुहोला । मैले उठेर मेगीको हात समाएँ । मैले भनें गुड बाई मेगी गुड बाई । उ गई्र । आँखाका दुईथोपा आँसु पुछेर म सामान मिलाउन गएँ । समाप्त (सभार पुस्तक : बिश्वका उत्कृष्ट १० कथाहरु)
