प्रेम, समर्पण, आस्था
जीवन जिउने आधार
यहि आधार
यहि केन्द्रबिन्दु
सायद आज नदी बनेर बग्दैछ
यसरी बग्दैछ
न त्यसलाइ छेक्न सकिन्छ
न त्यसलाई थुन्न सकिन्छ
छेक्छौ ,थुन्छौ?
अहं त्यो त अडिग छ
निश्चित समय पश्चात
त्यो फेरि बग्नेछ
जसरी मनलाई बाँध्न असम्भव छ
अबिरल,अनवरत बग्ने नदी
अनि हामी त्यसको दुई किनार
दुई किनारमा विभक्त हुनु हाम्रो नियती
तर हामी खुसी हुनुपर्छ
किनकी हाम्रो नियती
भावना ,तरङ्ग एउटै भो
दुई किनार स्पर्श गर्ने
प्रेमिल नदी एउटै हो
उस्तै आस्था
उस्तै प्रेम
उस्तै समर्पण
समाहित भएर
प्रवाहित हुने नदी जो छ
वेगवान अनि धिर नदी
निरन्तर बगिरहेछ
अनि हामी एउटै स्पर्श पाईरहेछौ
एउटै कम्पन् थामिरहेछौ
यो क्रम निरन्तर चलिरहने छ
चन्द्र सूर्य आकाशमा रहुन्जेल
यो धरामा प्राणी बाँचुन्जेल
हो वास्तवै हाम्रो माया अमर छ
हाम्रो माया अमर छ...
