निर्जन अनि सुनसान साँझ
प्रकृतिका सुन्दर दृश्यहरु
त्यो हाम्रो मायाको दोबाटो
लाग्छ आज आँखा वरिपरी घुमिरहेछ
प्रिय मैले भुलेको छैन
त्यो हाम्रो प्यारो अनि मिठो रात
जहाँ हामीले संगै मर्ने अनि संगै जिउँने
कसम र आश्वासन दियका थियौ
झरना झैँ बग्ने ति हाम्रा
मायाका निश्चल छाँगाहरु
लाग्छ आज पनि तिमि र म
त्यहि छाँगामा बगिरहेका छौ
म त सँधै तिम्रो भयर बाँच्ने छु हो मलाई थाहा छ ताकी सँधै सँधै म त्यसैले अब आउने समय मेरो यो मुटुको पानाभरी चाहना धेरै आउ तिमी मेरो सपनामा या मेरो कल्पनामा अन्त्यमा मेरी मायालु तिमी जहाँ छौ जुन गुलाफ यस्तो होस्
म तिमी देखि कोशौ टाढा छु
तिमी म देखि धेरै टाढा छौ
तर हाम्रो मन सँधै साथमा छ
तर तिमी के गर्छौ ? म अनभिज्ञ छु
प्रिय धेरै चोटी म तिम्रो समिप रहेँ
तर मनको रहस्य अझै बुझ्न सकेको छैन
तिमी मलाई प्रेम गर्छौ
तर पनि तिमी बाट यस्ता कुरा आउँन बाँकी छ
जुन कुरोले हाम्रो भविष्य निर्माण गरोस
तिम्रै अंगालोमा बाँचीरहन पाउँ
अनि तिमी सँधै मेरी रानी बनि
मेरो मनको झुपडीमा राज गर्ने छौ
त्यो केवल तिम्रै लागि हुनेछ
जुन समय तिम्रो र मेरो प्रेमको
चोखो अनि पबित्र घडी हुनेछ
जुन चाहना तिम्रो मधुर साथले पुरा हुनेछ
जब सम्म हाम्रो मिलन हुँदैन
तब सम्म म तिम्रो पर्खाइमा हुनेछु
यो तन अनि यो जीवन तिम्रै हो
घृणा गर या प्रीत गाँस तिमी
यो मेरो जोबन तिम्रै हो
आशा छ हाँसी खुसि रहने छौ
केवल मेरो जिबनमा आउने सपना बुनेर
ताकी तिम्रो र मेरो जीवन फुलोस एक गुलाफ बनेर
त्यो गुलाफ यो दुनियाँमा कहिले
नफुलेको होस् ताकी यो गुलाफ देखेर
दुनियाँ पनि जलोस र सँधै हेरिरहोस ।
