निश्पस्ट अँध्यारो कालो रात
उनि म अनि हाम्रो मायालु साथ
नदेखेको धेरै भो ,नभेटेको धेरै भो
खै कहाँ छिन उनि म खोजिरहेछु
उनि हररात मेरै साथमा हुन्थिन पहिले
उनि संगै मात्रै मनका तिता मिठा कुरा हुन्थे
लाग्थ्यो यस्तो जब हाम्रो कुरा हुन्थ्यो
उनि लजाई केहि भन्न खोजे जस्तो
तर आजभोली खै कहाँ गइन उनि मलाई छोडेर
हाम्रो यो धेरै पुरानो मित्रता चटक्क तोडेर
कतै मैले उनको मनपो दुखाए कि
भावनामा अनायासै एक मिठो नाता जोडेर
