१.
अन्धकारमा पिल्पिलाएको तारा
बादलले छेकिए तापनि
खरानीका थुप्राथुप्रा छोडी
मेरो धूँवा आकाशमा उडेको छैन,
म यही धरतीको आधारमा छु,
यो सानो परिधिभित्र
मेरो छोटो निवास छ,
म मरेको होइन
अझै नयाँ जीवनको आश छ।
२.
यो दोष र गुणको संसारमा
सुख र दुःखको विहार हुन्छ,
समय समयको स्थिति बदलिन्छ
त्यसैले आजको मौसम बदलियो
स्वस्थतामा अस्वस्थताको डेरा जम्यो
यो अस्थायी डेरा,
