बन्दैछ कि धुजा धुजा
आजभोलि देश मेरो
मासिन्छ कि डर लाग्छ
त्यों नेपाली भेष मेरो
बाँड्नै परे नेपालीको
मन बाँडे हुन्थ्यो
शीप रुपी पौरखको
धन बाँडे हुन्थ्यो
मलाई पनि नटुक्र्याई
देश देऊ अलिकति
हिमाल पहाड तराइको
भेष देऊ अलिकति
बन्दैछ कि धुजा धुजा
आजभोलि देश मेरो
मासिन्छ कि डर लाग्छ
त्यों नेपाली भेष मेरो
बाँड्नै परे नेपालीको
मन बाँडे हुन्थ्यो
शीप रुपी पौरखको
धन बाँडे हुन्थ्यो
मलाई पनि नटुक्र्याई
देश देऊ अलिकति
हिमाल पहाड तराइको
भेष देऊ अलिकति
उस्तै हुन्न घाम सधैँ उस्तै हुन्न छाया
सम्झँदै छु आज पनि त्यै वेलाको माया ।
वसन्तको पौलो थुँगा फूल फुल्दै थियो
शरदको सयपत्री जून खुल्दै थियो
बैँसभरि बाँसुरीमा मुस्काउँथ्यो मन
लाग्थ्यो उस्तै रमाइलो लजाइलो पन ।
आज धेरै वर्ष बिते धेरै गए दिन
अझै मलाई कुत्कुतीले लोभ्याउँछ मन
सम्झनाको इन्द्रधनु उस्तै मीठो लाग्छ
उस्तै छाया चल्मलाउँछ उस्तै माया जाग्छ ।
आजभोलि तुषारो छ कठ्याङ्ग्रिने जाडो
शिशिरको सिरेटाले सताउँछ साह्रो
मुस्किलले दिन कट्छन् तर्सन्छु झन राती
यतिवेला एक्लै छु म छैनन् अरू साथी ।
हामी टुटिरहेछौँ
हामी फुटिरहेछौँ
मक्किएका विचारहरू बोकेर
भुत्ते दिमागको
धारिलो चमक खोज्दै
अगाडि बढिरहेको
दिग्भ्रमित आँखाका दृष्टिमा
खुर्किन नसकेको खियार्
तर्कहीन तर्कमा
बाँचिरहेछौँ
आरुका फूलहरू नफुल्दै
कुहिराबाट निस्किएर घाम नखुल्दै
चिसो सिरेटोमा मुटु कमाउँदै
खोजिरहेछौँ वसन्तको न्यानो
ठुस्स गनाउने सास बोकेर ।
Tukriyera, chhariechha chhati
Jalan le polechha chhati
Malam ke chha ra laune
Harpal, charkieko chhati !
Ma bhanne, thiyo re chhati
Thiyo dur, ek saathi
Kalpi kalpi runchha chhati
Yo chhati mero chhati !
Darda bharieko chhati
Karda bhaechha chhati
Futaau ra shaasan gara, British saamraajyako chaal thiyo,
Swaarthi ra lobhi-paapika laagi, aaja kaam laagne jaal banyo
Jaat-paat ra dharmaka naam maa, samaaj lai futaayera
Ramita herne maathi basi, tala-tala kutaayera
Shirsasthaan maa basneharu, luti khaana jutekaa chhan
Ghamsaa ghamsi dekhaayera, haamra buddhi bhutekaa chhan
Bhaisakdaa ni yeenka kalaa, haamra saamu pardafaas
Kina baschhau ajhai haami, yiniharukai gari aash !
Raashtra ra raashtriyataa, kasaiko ni hoina pewa
Bachaauna laai mili garau, dridhataa saatha yeenko sewaa
Ke gardaa bhalo hunchha, man-man maa gunna sake
१
त्यै ठेलमठेल घुइँचो, हडबड सब त्य, त्यै छ खैला र बैला
कुम्ला, डोका, झिटीको खटपट सब त्य, त्यै छ फोहर मैला ।
त्यै ताकाताक, सेखी, सनक सकल, त्यै वास बस्ने प्रयास
तेही चौका चुह लाको गडबड, सबको त्यै अमिल्दो मिजास
२
त्यै भित्री नेत्र चिम्ली तरह तरहले धुरै घुर्ने झमेला
तेही तेरो र मेरो तं-त र म-म-मय भ्रान्तिले पर्ण मेला ।
त्यै यातायात गर्ने पथ, उस पथमा त्यै सधैंको अँध्यारो
ढाकेको त्यै अँध्यारो पथविचबिचको पाटीमा त्यै पसारो ॥
सदाबहार गाईजात्रा मनाउने भए
कुहिएको सिनोसरी गन्हाउने भए
हुर्मत लिए अरुको र आफ्नो पनि
मरुभूमि यो धर्तिलाई बनाउने भए!!
कुपुत्र हुन यो धर्तिका भन्दिए भो
नालायकमा सबलाई गन्दिए भो
स्वार्थ सब पुरा गर्नलाई आफ्ना
विदेशीको करिया नै बन्दिए भो!!
नारा फलाकेका छन सहमतिका
पुन्तुरा बोकेका छन बि-मतिका
गोरुको मोल सबको बाह्रै टक्का
यी सब हुन भकारी कु-मतिका!!
हिजो अस्ती,
चतुर्दसीको भोलीपल्ट,
वा
परेवाको अघिल्लो दिन,
भनौ
शरीर रङ्गिन भएको दिन
वा
धर्तीभरी रङ्ग पोखिएको दिन
तिमीले फागुपुर्णे मनायौ
तिमीले होली मनायौ,
त्यो भन्दा ठुलो कुरा त!!
चैत्रमा छरिएको बतास जस्तै
होलीका सयौ कबिता कोर्यौ
डोलीका लाखौ सेरहरु कोर्यौ
चोलीका कोटी कोटी बयानले
मुक्तक भन्यौ
म जाँन्दछु ..
तिमीलाई होली थाहा छ
तिमीलाई त्यस्को कबिता थाहा छ
गजल थाहा छ
अनी हो यस्तै यस्तै
अरु थुप्रै थाहा छ
तर
Naam hamro Kumar Bahadur
Jaat chahi Nepali;
Kaam lekh padh garne
Shikshan pesa bhaeka hami
Hami desh ka Kumar Bahadur haru;
Mihinet garera padhchhaun
Euta pabitra pesa samjhiyera
Padhaune kaamma laagchhaun;
Aafu padhchhaun, arulai pani padhaunchhaun
Ishtamitra padhaunchhaun,
Aafanta padhaunchhaun
Bhai, chhora chhori padhaunchhaun
Sabai lai sandhai padhaunchhaun,
Uniharu samartha bandai gaepachhi
Sabai paitrik sampatti haru baadidinchhaun,
Sakesamma aafulle kamaeko pani dinchhaun
Hundahudai aafu eklo hunchhaun
Rogi hunchhaun ra birami hunchhaun.
सारा धक फुकाएर
आफैंलाई उप्काएर
कागज भित्र कोरिन्छ
अक्षरका ती लामहरुमा ।
तर्क र विर्तकको संज्ञा लगाई
शब्द र परिभाषाहरुबाट
झोल झैं ऊ छानिन्छ
मस्तिष्कका रङ्गिन जालीहरुमा ।