बादलुको माथि माथि तिम्रो मेरो घर
आउँन माया घुम्न जाउँ किन मान्छौ डर
दुनियाँको रीत यस्तै माया प्रेम लाउने
तिमी सँधै टाढा बस्ने गीत मैले गाउने
क्षितिजको माथि माथि तिम्रो मेरो घर
आउँन माया घुम्न जाउँ किन मान्छौ डर
बादलुको माथि माथि...
देउरालीको चौतारीमा बादलुको छाँया
जीन्दगीमा ठुलो लाग्यो तिम्रो मेरो माया
आकाशको माथि माथि तिम्रो मेरो घर
आउँन माया घुम्न जाउँ किन मान्छौ डर
बादलुको माथि माथि...
बादलुको माथि माथि तिम्रो मेरो घर
आउँन माया घुम्न जाउँ किन मान्छौ डर
