यसो हाम्रो कुरो पनि सुनिदेऊ न सरकार,
अलिकति हाम्रो पिडा नि लेखिदेऊ न गजलकार !
थानामा चाना काट्दा माना- पाथि नभरे'भा,
एउटा रिपोर्ट हाम्रोपनि लेखिदेऊ न थानेदार !
आधारभुत समस्याको नै समाधान छैन भने,
आन्द्रा-भुडि किन्न-बेच्न मिल्ने बनाईदेऊ न बजार !
लाखौ-करोडौमा हजुर खेल्नुस नो प्राँबलम,
यसो हाम्रो जिउ-ज्यानको नि मूल्य देऊ न हजार ।
हातमा त्यो लड्डुराखि रित्तो भड्डू हाम्लाई किन, कुन तेलमा जेल मिसाई साधिराख्या छौ राजनीति अचार, छोरा-नाती खाडि पसे, छोरी- बुहारी इज्राएलतिर, यसो हाम्रो कुरोपनि सुनिदेऊ न सरकार,
हाम्लाई पनि सानो खबर बनाईदेऊ न पत्रकार !
सबिस्तार भूडिपुराण फुकाईदेऊ न लम्बदार !
भनिदेऊ हाम्ले चाख्न कहिले पाउने हो सिँहदरबार !!
यो बुढाको फेरि घरजम जमाई देखाईदेऊ न चमत्कार !
अलिकति हाम्रो पिडा नि लेखिदेऊ न गजलकार !!
