यसै भित्र जिउने आधार, भेट्छु भन्दै सराब पिउछ
बेहोशी भै उस्को याद, मेट्छु भन्दै सराब पिउछ
अथाह पिडा हुन्छ सधै, यहि मुटुको दुखाइले
मातिएर आफ्नै मुटु, रेट्छु भन्दै सराब पिउछ
कस्का बाउको के खाकोछु, मैले आफ्नै खाको न हु
को को आउछन् मलाई रोक्न, हेर्छु भन्दै सराब पिउछ
प्रेम पिडीत हम्रो संस्था, रक्सी भट्टी कार्यलय
यहि बाट आन्दोलन, छेड्छु भन्दै सराब पिउछ
