तेस्रा हुन जित्नुपर्छ दोस्रा हुन हार्नुपर्छ
जिन्दगीमा धेरै इच्छा पूरै नभै मार्नुपर्छ
बास खोजी हिँडेपछि जमिन त मिलीहाल्छ
रात भने कैलेकाहीँ भोकै पनि टार्नुपर्छ
बाध्यताले थिचेपछि निष्ठा पनि निलीहाल्छ
वाचा कसम कैलेकाहीँ वरपर सार्नुपर्छ
नभए नि आँखा सामु सम्झनाले चिलीहाल्छ
विश्वासको पुलबाट माया मोह तार्नुपर्छ
यात्रा सँधै किन हिन्थ्यो सोचेजस्तो गोरेटोमा
मूलबाटोमा हिँड्ने भए अग्लोहोचो खार्नुपर्छ
जिन्दगीमा धेरै इच्छा पूरै नभै मार्नुपर्छ
