रँगी चँगी फुलबारी फुलाउने मन छ ।
रस चुस्ने भमरानी भुलाउने मन छ ।।
सानीको मनभए जुनेली को रातभरी ।
उनैको औंला समाइ डुलाउने मन छ ।।
ढुँगा जस्तै मनलाईनि हिउं झैं पगाली ।
सुस्तसुस्त पिरतिमा घुलाउने मन छ ।।
आफु देखी लजाएर टाढा बस्न खोजे ।
समिपैमा बस भनी बुलाउने मन छ ।।
सधैं कतीबसौ एक्लोभई... यसपालीत ।
उनी सँग नयाँ नाता खुलाउने मन छ ।।
