शीशा जस्तै चर्केको, यो जीवन कथा,
घाउमा नून छर्केको, यो जीवन कथा ।।
न सुन्छ कसैलै, न छ कसैलाई चासो,
एकान्तमा मन, धर्केको यो जीवन कथा ।।
सधैं तछाड र मछाडमा व्यस्त तैपनि,
सुनौलो घडी घर्केको, यो जीवन कथा ।।
छटपटी, अभाव र पीडाका यी आँसु,
बर्षे झरी झैं, दर्केको यो जीवन कथा ।।
पसिना र रगतको झोल संगै दुई गाँस,
निल्न खोज्दा, सर्केको यो जीवन कथा ।।
खियाउँ नंग्रा अनि घोटौं पाखुरा भन्दा,
नचल्ने गरी, मर्केको यो जीवन कथा ।।
ऋणको बोझ र ग्लानीले निर्दोष घर, मुंग्लान पस्दा, कमाउँ भनी दीनले, जीवन अस्तित्व, पहिचान र लडाइमा, आफ्नै छायाँसंग, लाचार भै लुकीलुकी, शीशा जस्तै चर्केको, यो जीवन कथा,
भय र त्रासले, थर्केको यो जीवन कथा ।।
परिवारसंग, झर्केको यो जीवन कथा ।।
खालीहात घर, फर्केको यो जीवन कथा ।।
अन्तरात्मासंग, जर्केको यो जीवन कथा ।।
भागी हिड्न, तर्केको यो जीवन कथा ।।
घाउमा नून छर्केको, यो जीवन कथा ।।
