पीरै परि, पीरकै काँखमा,
पीरै मेट्न रोई रा'छू ।
आँशु पोछि, आँशुले नै
आँशु- चिनो धोई रा'छू ।
कोई झिल्के भई झिल्की गए,
कोई तिल्के भई टिल्की गए,
म स्रृष्टि हुने प्रयासमा,
सिल्टी भई खिल्टी रा'छू ।
म सबको काम आउछू भन्दा, जस्लाई सर्वश्रेष्ठ बनाउन उसैको बाणशैयामा तड्पीदै, टाठा थिए बाठा निस्के, दु:ख गरे दूध मिल्छ भन्दै,
कोई दाउँमै बिकी माँउ भए,
"नेपाल" देश भई पिल्सि रा'छू ।
एक्लब्य सँग अँगुठो मागे,
उहि एक्लब्यलाई संझी रा'छु ।
लैनो भैसी रोजि दूए,
म शिवलिङ्ग दोई रा'छू ।
