हङ्गामा नै मच्चियो रे मैले मुटु साट्न खोज्दा,
गल्ली-गल्ली फैलियो रे मेरो खुशी फाट्न खोज्दा ।।
समर्पित भई साथ नछुट्ने बाचा कसम खाउ भन्थे,
फूलपाती नै ओइलियो रे देउराली मा भाक्न खोज्दा ।।
अन्धेरी को जुन तीमी, छाया बनी पछ्याउ भन्थे,
गोरेटो नै सागुरियो रे मैले जीवन हाँक्न खोज्दा ।।
