चमकदार ति हरेक वस्तु, सुन हुन्न हेर !
जे छ त्यसमै चित्त बुझाउ, रुन हुन्न हेर !
ठटाउँदैमा ढ्यांग्रो, संगीतकार कोहि हुन्न,
छुन्न जसले कुना मनको, धुन हुन्न हेर !
नचलाउ है रक्षान त्यो, फोहोरको डङ्गुर,
छिटा पर्छ आफ्नै मुखमा, छुन हुन्न हेर !
सागर ले मात्र बोक्छ, नुनिलो त्यो स्वाद,
खोला को त्यो बगर मा, नुन हुन्न हेर !
अधिकार पाए पछी, कर्तव्य न भुल्नु, औंशी हुँदा, रातले मात्र बुझ्छ आफ्नो पिडा, चाहे देखाउ देखावटी, हाँसो दुनियालाई, व्यर्थै किन कोसि रन्छौ, आफ्नै भाग्यलाई, देखिन्छ नि जसरि नि, घाउ पिरतीको, दोष नदेउ अरुलाई, जतन गर आफै,
त्यो ज्यानमा गोर्खालीको, खुन हुन्न हेर !
घमण्डी र अहंकारी, हुन हुन्न हेर !
अरबौ होस् जुन्किरी त्यो, जुन हुन्न हेर !
पिडा पर्दा, नरुने मन, कुन हुन्न हेर ?
बैगुनी लाइ गर जति, गुण हुन्न हेर !
च्यातिएको मन पोत्ने, चुन हुन्न हेर !
जोगाएर राखे अन्न, घुन हुन्न हेर !
