भैगो अब चाहिएन तिम्रा धेरै गुन पनि ।
काखमा राखी सुम्सुम्याई घाँटी थिच्ने धुन पनि ।।
निशानामा पारेकी छ्यौ अझै कति फसाउन ।
अन्जानमै पिठो बन्छ निर्दोष ति घुन पनि ।।
के के कुरा सुनाई दिए मेरो बारे तिमीलाई ।
घेरा सधै कालै हुन्छ पुर्णिमाको जुन पनि ।।
देखे भेटे सबै जना असलै मन हुन्न रैछ ।
रङ सबको एउटै भन्थे देखेँ कालो खुन पनि ।।
