बैरी सामु नझुकेको शिर हाम्रो झुक्ने भयो
कैदीलाई नी सहिद मै गन्दा सबले थुक्ने भयो ।।
जनता भन्दा मन्त्रि धेरै बनाउन थाले पछी
ढुंगा जस्तो रास्ट्र पनि एका एक चुक्ने भयो ।।
समुन्नत सु सम्पन त्यो नेपाल हेर्ने सपना
फल्न फुल्न नपाउदै गर्वमा नै सुक्ने भयो ।।
भिर बाट लड्ने देखि झुण्डी मर्ने सहिद रे
लास देख्दा स्याल गिद्ध सबै आज लुक्ने भयो ।।
कुकुरले नी सदस्यता देउ भनी भुक्ने भयो ।।
