बात हरु चल्छन भने चल्न देउ सानु ।
रात हरु ढल्छन भने ढल्न देउ सानु ।।
माया प्रित नै नबुझ्ने ति रुढीवादी सबै ।
जात हरु जल्छन भने जल्न देउ सानु ।।
साचो प्रेममा इर्ष्यालु हरुको मन भित्र ।
खात हरु बल्छन भने बल्न देउ सानु ।।
आउ हामी साथ हिडौ प्रेम पथ मा सँगै ।
आत हरु गल्छन भने गल्न देउ सानु ।।
दोबाटो मा लुकिछिपी यही समाजले नै ।
घात हरु छल्छन भने छल्न देउ सानु ।।
