आशाको वेली समाई शिखर उक्ली रहें ।
जती माथि गएं आँफै फुक्ली रहें ।।
मनोकाँक्षा मेरो ठुलो सानो जे थियो ।
सधैं भरी प्राप्तिबाट फुस्ली रहें ।।
जीवनको रङ्ग फेर्ने उदात रहर मनको।
अवसर छोप्न हर नयाँ ठाउँमा झुल्की रहें ।।
जता गयो भोली पर्सी आउ भन्छन ।
फगत आश्वासनको तेन्द्रोमा उल्झी रहें ।।
हली किसान गोठालोको छोरो म । पागलहरु आफ्नो समकक्षी सम्झी उल्याई रहें । जीवनका अनगिनत घुम्ती मोर विसाउनिहरुमा । पाईला पिछे धराप मात्र बाटो मेरो ।
निर्दयिताको खुकुरिले चना चना ठुन्की रहें ।।
वैमानहरुको मनसाय बुझ्न गाह्रो उल्झी रहें ।।
सद्दे आरोग्य र पनि उल्की रहें ।।
निक्रिष्ट पिशाचहरु निर्दयी मलाई कुल्ची रहें ।।
सन्त्रास्ले आँफैं भित्र पल पल टुक्री रहें ।।
