अपूर्ण सपना सजाएं मैले!
आँफैंभित्र प्रफुल्ल रमाएं कैले!!
धन कमाउने रट लगाएं मैले!
सजल नेत्र प्रियेषिलाई अर्थाएं मैले!!
घर आगन छोडि हिड्दा,
भक्कानिएंको मनलाई सम्झाएं मैले!
पराय देशको गुल्लमी गर्न,
मरिभुमितिर यो कदमा बढाएं मैले!
अजनवी देशको नोकर बन्न,
आफ्नै जेथा शाहुलाई थमाएं मैले!
स्वामिको छि:छी:दुर दुर सुन्दै, पचास डिग्रिको टन्टलापुर घाममा, ठुलो भाग खोज्न हिड्दा, भन्नु सुनाउनु कसलाई यहाँ, धन कमाउने रहर पाल्दा, अर्थ न वर्थ अन्जान भुमिमा,
कस्तो मती हराएं मैले!
चुपचाप गैंती वेल्चा चलाएं मैले!
पसिना धारा बगाएं मैले!
पीडाले द्रविभुत आँसु खसाएं मैले!
कती अपगाल सङ्गालें मैले!
मनोईच्छाहरु मनैभित्र मराएं मैले!
व्यर्थै ज्यान गलाएं मैले!
