आज पूरै अस्तव्यस्त ! भोलिदेखि के हुन्छ ?
भन्नोस् साथी, गजलकारले गजल लेखी के हुन्छ ?
मकै जति भालुलाई ? मुक्काको मार कालुलाई ?
एउटा छोडी अर्कैको टाउको सेकी के हुन्छ ?
हेपिएनौँ ? चेपिएनौँ ? मासु मोलमा बेचिएनौँ ?
यसै-उसै मर्यौँ हामी, भुइँमा टेकी के हुन्छ ?
अहिलेसम्म के भयो ? पछिको के आशा राख्ने ?
खाई-नखाई पेट काटेर, पैसा ठेकी के हुन्छ ?
भन्नोस् साथी, गजलकारले गजल लेखी के हुन्छ ?
दुई-चार घण्टा सवारीको बाटो छेकी के हुन्छ ?
