आली र आटो चिन्न गाह्रो ।
मलिलो माटो चिन्न गाह्रो ।।
बैश मै आँखा फुटे पछी ।
खोपे को टाटो चिन्न गाह्रो ।।
नशा ले सधैं माते पछी ।
घर को बाटो चिन्न गाह्रो ।।
दिए को चोट ले दुखे पछी ।
छाती को पाटो चिन्न गाह्रो ।।
भन्या कुरा नसुने पछी । मन ले सधैं बाधे पछी । जोस मा होश गुमे पछी ।
माया को फाटो चिन्न गाह्रो ।।
बाठो र लाटो चिन्न गाह्रो ।।
फुके को गाठो चिन्न गाह्रो ।।
श्रीमान, नाठो चिन्न गाह्रो ।।
