म को हूँ?
म नाङ्ग्ला काने गजानन्द नि होईन,
त्यो गजभार बोक्ने बुचाकाने,
मुसानन्द नि होईन ।
म को हूँ?
अतिरिक्त प्रलयनेत्र भएको त्रिनेत्र निहोईन,
ऊनैको कण्ठमा बुढियाको पटुकीसरि बेरिएको
बिषधारि नि होईन ।
म को हूँ?
म नाङ्ग्ला काने गजानन्द नि होईन,
त्यो गजभार बोक्ने बुचाकाने,
मुसानन्द नि होईन ।
म को हूँ?
अतिरिक्त प्रलयनेत्र भएको त्रिनेत्र निहोईन,
ऊनैको कण्ठमा बुढियाको पटुकीसरि बेरिएको
बिषधारि नि होईन ।
प्रेमतालमा माछीसरि
सलबलाउदै हिड्छेऊ अरे,
सुंदर शान्त मेरो गाँऊको
शान्ति खलबलाउदै हिड्छेऊ अरे ।
को बुढो,को बच्चा,
सबको ओठमा तिम्रै चर्चा,
चट्पटे स्वाद बनि
सबको मन तलबलाउदै हिड्छेऊ अरे ।
जवानी त चड्छ सबलाई
तर ज्वालामुखी तिम्रो यौवन,
जता चान्छेऊ त्यतै माहोल तताई
भलभलाउदै हिड्छेऊ अरे ।
Ai mera badhyataharu!
Timi ke sochhau?
Ma timro parkhaalma thokkiera,
Chhal sari farkane chhu !!
Wa timro ahamatako pahadma thokkiera,
Jhari sari darkane chhu !!
Afshosh tyasto hune chhaina,
Na ta ma timro khilli udaudai,
Pagal sari hasne chhu !
Na ta ma timro maarle
Baleni sari rune chhu !
Mero bholi ustai hunechha,
Kehi nabhaye sari....samanya,
यो नया बर्ष
थापादाईको
झुम्के भैसीभई ब्याओस् र
ति आमाबिहिन नानिहरुको
सुकेको दुधे आन्द्रो
त्रृप्तभई ढाडियोस् ।
यो नया बर्ष
जोतेदाईको मीतभै
आओस् र
खाली भण्डार र डाला भरियोस् ।
यो नया बर्ष
भुण्टीको काँपी र कलम भै
आओस् र
अशिक्षाको अध्यारो हराओस् ।
यो नया बर्ष
फिस्टेको साबुन र सफा पानी भै
आओस् र
रोगको महामारी हराओस् ।
यो नया बर्ष
प्रदेशी काईलाको
आफ्नै पाखा-पखेरामा
पसिना बगाउने सोच र अठोट भै आओस् र
परिवारले
छोरो,पिता र पतिको
साथ पाओस् ।
फूँल जस्ति सोल्टिनीले मलाई "आई लव यू" भन्छे,
भ्यालेन्टाईनमा भेट्न मलाई "आई वेटिङ्ग फर यू" भन्छे,
मार्ली कान्छी तेरी देईले कान तेरो निमोठेर भन्दा,
जाऊन कतै डिस्को भेना देईलाई बनाएर एप्रिल फूँल भन्छे ।
काजलु ति आँखा झिम्काई मलाई "आई केयर यू" भन्छे,
कहिले मेरो हात समाई "आई केन डाई फँर यू" भन्छे,
मेरै छोरो काखमा च्यापि लाजले ओठ टोकि,
एस्तै एउटा गुडिया देऊ "आँर आई किल यू" भन्छे ।
हो ऊस्लेनि झोला बोकेको थियो,
संगै मईले नि झोला बोकेको थिए......!
ऊस्ले नि झोलाभरि
सपना बोकेको थियो,
मईले नि झोलाभरि
सपना बोकेको थिए.....!
ऊ देश बनाऊछु भनि
जंगल पसेको थियो,
म नि म बने देश बन्छ भन्दै
मुग्लान पसेको थिए....!
थाहा भएन
पछि के के भयो,
को जित्यो
को हरुवा भयो.....!!!
तर अहिले,
ऊ नि मुग्लानमा छ,
म नि मुग्लानी,
ऊ नि हेर्छ नेटमा
खबर देशको
म नि त्यसै गर्छु "बुङ्चे",
समान्ता-
Man parera nabhaepachhi,
Bal garera kaaha hunchha?
Bal garera nabhaepachhi,
Chhal garera kaaha hunchha?
Chhal garera nabhaepachhi,
Kal garera kaaha hunchha?
Kal garera nabhaepachhi,
Aankha tarera kaaha hunchha?
Aankha tarera nabhaepachhi,
Maya garera kaaha hunchha?
Maya garera nabhaepachhi,
Baancha garera kaaha hunchha?
Baancha garera nabhaepachhi,
Aanshu jhaarera kaaha hunchha?
Aanshu jhaarera nabhaepachhi,
Ghar baarera kaaha hunchha?
Ghar baarera nabhaepachhi,
जीवन यात्राको
उकाली-ओराली हिड्दा
जब बिज्छन काँडा अनि
लाग्छ ठेस पिरो,
ऐयाको मरहम बनेर
त्याहा आमा उभिएकी हुन्छिन ।
कर्म-मर्म र धर्म-अधर्मको
भार बोकि
जब सन्तती
असिना-पसिन भई
ढल्बलाई रहेका हुन्छन,
शितल छाहारी र
चीसो पानी भई
आमा नजिकै पर्खिएकी हुन्छिन ।
आफ्ना रक्तकणहरुलाई
ध्रुवतारासरि चम्काउने चाहानामा
तन-मन र धन समर्पित गर्छिन
तर बिडम्बना,
कलियुगे सपुत
माउखानी भैदिन्छन,
हो,
आमा पुरानो टालोसरि भै
एक कुनामा थन्किएकी हुन्छिन ।
मलाई चन्द्र-सूर्य सिउरिने शिर चाहियो,
मलाई मेरै निम्ती लड्ने बीर चाहियो ।
कतै बाँध बाधि थुनेका छन,
कतै साध बारी थुनेका छन,
मलाई फैलिएर बग्न दिने तिर चाहियो ।
मरूभूमी समतल होईन,
घुडा गड्ने दलदल होईन,
मलाई लालिगुँराश फूँल्ने आफ्नै भिर चाहियो ।
Bahira,
Laamabaddha sainik haru
Nispat andherima
Kaalrupi hatiyar nachaudai
Jindagi ko antya khojiraheka hunthe,
Ani ma bhitra,
Timra naagbeli keshuma aljhidai
Jeevan ko suruwat
Khojiraheko hunthe.
Bahira,
Ti searchlight ka focus haruma
Abodh pashu haruka ra
Kadachit, beghar ra
Behosi haruka aankha jhilmilaune garthe,