यति मात्र फरक छ
तिमी र हामीमा-
तिमी बुद्ध भयौ,
हामी बुद्धू भयौ.....!
तिमीले,
दु:खको कारण ईच्छ्या हो भन्दै
महल त्यग्यौ.....,
हामीले,
ईच्छ्या पुर्तिले दु:ख मेटिन्छ भन्दै
महल बनायौ......।
तिमीले
असल जिवनयापन गर्दै
मृत्युवरण मोक्ष हो भन्यौ...,
हामीले
माहापापी भएर नि
प्राण जोगाउनु नै धर्म हो भन्दै
मृत्यु सँगाल्यौ......।
तिम्रा छिमेकिहरु
तिम्रो संगतले
अँगुलीमारबाट भिक्षु भए...,
तर हामी
तिम्रा संतान
भिक्षुबाट अँगुलीमार भयौ...।
