हिरा-मोती होईन मलाई प्यार चाहिया छ,
तिम्रो बिशाल दिलमा सानो दरबार चाहिया छ ।
यो छातीमा तातो रगत नभएर होईन "कान्छी",
यि छेकबार पन्छाउन त्यो नजरको धार चाहिया छ ।
सिकन्दर भै प्रेमरुपि संसार जित्न सक्छु थाहा छ तसर्थ,
त्यो सिउदोको सिँदुररुपि तलवार चाहिया छ ।
लम्बा चौडा कुरा होईनन्, घरज्वाईका कुरै छोड,
मलाई तिमीसँग आफ्नै सानो झोपडीमा घरबार चाहिया छ ।
