पुसको कठाङ्ग्रिदो जाडो सडकमा कुद्दै छन् चम्किला प्राडो, बाहिर फुट्पाथमा स्यु स्यु चिसोले हात खोकिलामा, दुर दराजबाट आएको त्यो पथिक, दुर्गम र बिकट क्षेत्रको उत्थानका लागि हामीलाई साथ दिनुहोस भन्दै हिजो गाउँमा आएकाहरू आज सरकारमा बसेर नीति निर्माण गर्दै गरेका बेला आफ्नो दु:खको पोको बिसाउन हस्याङ फस्याङ गर्दै जाँदो छ भेट्न मनमा एउटा बिश्वास लिएर कि आफ्नो दु:ख पिडाको सुनुवाइ अबत पक्कै हुन्छ। यो अटल बिश्वासको पक्का कारण पनि त छ उ संग। हिजो कष्ट साध्य यात्रामा उसले भरपुर साथ दिएको छ। आफ्ना लालाबालाको मुख मोसेर उनिहरुको भोक मारेको छ। कठाङ्ग्रिदो जाडोमा आफु स्यु स्यु गर्दै एउटा भएको पाखि उनलाई ओढाइ दिएको छ। पुलिस प्रसासनको नजरबाट बचाउन झुप्रो भित्र राखेरकैयन दिन-रात चौकिदारि गरेको छ, मल मुत्र भाँडोमा थापेर विसर्जन गरेको छ। यो बिश्वासका साथ कि ,उसको गाउँ बस्तिको पनि दिन फिर्ने छ ।यत्तिकैमा उ पुग्छ गन्तव्यमा र देख्छ आलिसान महलको आँङ्गनमा उहि अघि सडकमा कुद्दै गरेको चम्किलो गाडि अनि देख्छ छेउमा ठिङ्ग उभिइको एक जना बन्दुकधारि पहरेदारलाई। काहाँ कसलाई के भन्ने हो भेउ पाउनै गाह्रो पर्छ उसलाई ।
