बिरहको गीत लेख्ने माध्यम बनोस गजल यो
हितैशिको हित लेख्ने माध्यम बनोस गजल यो
मेहनत र परिश्रमले देश गर्वित तुल्याउने ति
खेलडिको जित लेख्ने माध्यम बनोस गजल यो
दुश्मनी र वैरभाव त्यागी मैत्रिभाव बडाइदिने
दुइदेशको मित लेख्ने माध्यम बनोस गजल यो
धनी गरीब विवेध हटाइ मायाको जग बसाउने
मायालुको प्रित लेख्ने माध्यम बनोस गजल यो
