जीवनबाट नै प्रेमको सिर्जना हुन्छ । जब एउटा नविन जीवनको सुरुवात हुन्छ, तब प्रेमको सिर्जना हुन्छ । सृष्ट्रिकाल देखी नै प्रेमको सुरुवात भएको पाईन्छ । प्रेम भावनात्मक रुपमा दुई आत्मा बिच हुने गर्दछ । प्रेम जीवनको मार्गदर्शन हो जहाँ दुई आत्माको सम्बन्ध प्रगाढ रहनछ । तर वर्तमान समयमा प्रेमलाई फेशनका रपमा लिईन्छ । जसरी बजारमा दिनप्रतिदिन नयाँ डिजाईनको चलन चल्छ, त्यस्तै दुई चार दिनको अन्तराल पछि प्रेमको स्वरुप बदलिन थाल्छ र कस्ले धेरै प्रेमी वा प्रेमिका बनाउन सक्ने भन्ने प्रतिस्पर्धा चलेको देखिन्छ । आजकाल प्रेमभावनासंग नभएर अनुहारको सुन्दरतासंग गर्ने गरेको पाईन्छ । कामवासना र क्षणिक स्वार्थपूर्तीका लागि मात्र प्रेमको नाटक रचेको देखिन्छ । यति मात्र हेन पहिलो पल्ट कुनै नौलो केटा वा केटीसंग भेट्दाको नजर जुधाईलाई नै प्रेम मानिन्छ । यो प्रेम दिगो रहन्छ भन्न सकिन्न, किनकी यस्तो प्रेम त बदलिंदो अनुहारको सौन्र्दतासंगै खस्किदै जान्छ । अनि जब एक अर्कामा सामिप्यता बढ्दै जान्छ तब सम्बन्ध टाढिदै जान्छ र त्यसबाट आफु बँच्नका लागि प्रेमको झुट्टो आस्वासन देखाई विभिन्न बाचा बन्धन बाँध्ने गर्दछन । यर्थाथपरक बाचा बन्धनहरु त अहिलेका युवा पिडीहरुका लागि सबैले बोल्ने एउटा प्रख्यात थेगो नै भई सकेको छ । अनि चेतनशिल युवा वर्गले प्रेमलाई शारीरिक आकर्षण, अनुहारको सुन्दरता, बोलीको प्रभाव र यौजनको प्यास मेटाउने साझा थलोको रुपमा ब्याख्या गर्नुले नै सामाजिक विकृतिहरु बढ्दै गई रहेको छ । तर मेरो प्रेम बाचा र बन्धनको परिधि भन्दा बाहिर छ र उनका लागि म बाचा कसम खान पनि सक्दिन । मात्र विश्वास गर्न सक्छु म उनलाई ।
