स्कुल जान थालेकी छ । बुबाले उसलाई Nursary क्लासमा भर्ना गरिदिनुभएको छ । बिहानै खाना खाएपछि आमाले उसलाई स्कुल dress लगाईदिनुभयो । नीलो सर्ट खैरो स्कर्ट कालो जुत्ता अनि टाई र बेल्ट पनि । अनुष्काले आफूलाई ऐनामा हेरी । ऊ स्कुल पढ्ने अरु केटाकेटी जस्तै देखिएकी थिई । तर अलि फुच्ची । आमाले होमवर्क कापी ब्यागमा हालिदिनुभयो र ब्याग दिनुभयो । उसले फुर्तीसाथ खरायोको चित्र भएको ब्याग बोकी । अनुष्कालाई स्कुल जान तयार पारेर आमा पनि अफिस जानुभयो । बुबाको हात समाउँदै अनुष्का स्कुल तिर गई । बाटोमा उसले बुबालाई सोधी "आमा किन अफिस जानुहुन्छ", उसको बालसुलभ प्रश्न सुनेपछि बुबाले हाँस्दै उत्तर दिनुभयो । "जागिर खान ।" "तपाईँ नि" उसले उत्सुकतासाथ फेरी सोधी । "म पनि जागिर खान नै अफिस जाने हो ।" अनुष्कालाई स्कुल पुर् याएर बुबा सिधै अफिस जानु भयो । स्कुल पुगेको केही क्षण पछि अनुष्काले सोची यो जागिर खाने भनेको चाहिँ के होला
