म गज़लकार होइन तर लेख्दै गर्दा हुन्छन
म कविता लेख्दिन तर कोर्दै गर्दा हुन्छन
सारै सजिलो हुन्छ लेखक बन्न अनि लेख्न
म मुक्तक पनि नकोरेरै पोख्दै गर्दा हुन्छन
के लेखु भनेर बस्यो,चारैतिरका कुरा हेर्छु
म लेख लेख्दिन भन्छु,सोच्दै गर्दा हुन्छन
कतिले ठुलो ठानुहुन्छ कतिले धोलो मात्रै
तर,हेर्नुस साथी यो सब भोग्दै गर्दा हुन्छन
