निमोठेर प्रेमको घाटी, मिठो आभाष खोज्दैछौ रे
प्रेमको दियो फुकी आफै, फेरी प्रकाश खोज्दैछौ रे
आउँ क्षितिजमा उडुँभन्दा, समाजको डर मानी
पिजँडामा पसी आफै, खुल्ला आकाश खोज्दैछौ रे
पिठ्युमा छुरा धसेउ, आलिङ्गनमा हुदा खेरी
आज कठै त्यहि न्यानो, बाहुपास खोज्दैछौ रे
तिम्रै घातले पिरोलिएर, तड्पितड्पि मरेपछी
सुन्छु आज पुजा गर्न, उस्कै लाश खोज्दैछौ रे
