उद्घोषकले श्रीमती मैयादेविलाई मञ्चमा आएर महिला हिंसा बिरुद्द,लैङिगक असमानताले गरिएको भेदभावको बारेमा बोल्न आमन्त्रण गर्दछ।
मैयादेवि मञ्चमा आउँछिन्।हात हल्लाएर अभिवादन गर्छिन्।सबै ताली पिट्छन्।
मैयादेवि चर्को स्वरमा"हामी आधा आकाश ढाक्ने नारी अब कसैको अधिनमा बस्न हुन्न।क्रान्ति गर्नुपर्छ।हामी माथि अन्याय गर्ने भनेको पुरुष हुन्।पुरुषबादी सोचका कारण हामी पछाडी परेका हौ।यो पुरुषप्रधान समाजको प्रतिफल हो।यसको बिरोध गर्नु पर्छ।अब हामी महिलाहरु एक भएर अगाडी बढ्नु पर्छ।"
फेरि तालीको गड्गडाहड गुञ्जिन्छ।
"मैयादेवि जिन्दाबाद" भिड नारा लाउन थाल्छ।
