आह ! थाकेको छु!
हत्केलभरिको रेखामा
खडा गरी घेरैबाट युद्धविराम रेखाहरू
अब, किनभने युद्धहरू पनि बिसाउने मन गर्छन्, मसित
म, केही बेर ......आराम.....गर्दछु!
भो, उचाल्न सक्तैनन् जिजीविषा
एक कप चियामा !
यी हातहरू !
यत्ति ध्यान देऊ......
मान्छे–मान्छेमा बार हालेर
उठन नपाउन् ती रेखामाथि बर्लिनका पर्खाल !
आहा ! थाकेको छु!
म केही बेर बिसाउन चाहन्छु
कुइनाले थिची वर्तमानलाई टेबलमाथि,
विगत बाँधेर परेलाले आँखामा
