यो सूट, यो टाई र यो चश्माको फ्रेम
मेरो हजुरलाई
मन परेन छ , क्यार !
यी आवरणबीच
मेरो हजुरले
मलाई अराउनु भएछ ........क्यार !
यो कोटको सिलाईको प्याटर्न,
हजुरको अङ्कमालको उष्णताझैँ.....
मेरो घाँटीमा बेरिएको टाईको रातो रङ्ग,
अनि यो टाँकिएको गुलावको फूल
यही फूल हेर्दाहेर्दै
मेरो हजुरको उमेर गएछ.........क्यार !
यो सुट यो टाई र यो चश्माको फ्रेम
हाम्रो हृदयमिलनमा
मेरो हजुरलाई
बाधा भएछन्, क्यार !
