एक चोटि संख्या ९ ले ८ लाई थप्पड़ हान्यो, ८ रुन लाग्यो र सोध्यो, मलाई किन हिर्काएको? ९ ले भन्यो! म ठूलो हुँ त्यसैले तँलाई हिर्काएको! यो सुन्ने बित्तिकै ८ ले ७ लाई बजायो अनि ९ वालाकै कुरा भन्यो म ठूलो हुँ! त्यसपछि क्रमश: ७ ले ६ लाई, ६ ले ५ लाई, ५ ले ४ लाई, ४ ले ३ लाई ३ ले २ लाई, २ ले १ लाई अब १ ले कसलाई हानोस् जब कि १ को मुनि त 0 थियो १ ले 0 लाई हिर्काएन, बरु उसलाई प्रेमसंग उठायो अनि आफ्नो छेवैमा बसायो ! जसरी उसलाई छेउमा बसायो, उसको शक्ति ९ गुना बढेर १0 मा परिणत भयो..!अब ९ देखि २ सम्म सबैको हालत खराब भयो।
जिन्दगीमा कसैको साथ नै शक्ति हुन्छ, काँध माथि कसैको हातमा नै सामर्थ्य हुन्छ,टाढा होस् या नजिक...के फरक पर्छ! अनमोल नाता को त बस "अनुभुति" नै मनग्गे हुन्छ!! कसैको बाध्यता माथि नहाँसी दिनुहोला,कसैले बाध्यतालाई किनेर ल्याएको हुँदैन..!समयको चक्रसंग डराउनुहोला, नराम्रो समय कसैलाई सोधेर आउँदैन!!बुद्धि जतिसुकै तेज ह़ोस्, बिना भाग्य जित हुँदैन!!बीरबल बद्धिमानी हुनुको बावजूद, कहिल्यै बादशाह/राजा बन्न सकेन...!
न तिमी आफूले आफैलाई नै अँगालो हाल्न सक्छौ, न तिमी आफ्नै काँधमा टाउको राखेर रुन सक्छौ!एक अर्काको लागि बाँच्नुको नाम नै हो जिन्दगी! यसर्थ समय उनैलाई देऊ जसले हृदयदेखि नै तिमीलाई चाहन्छ! नाता सम्बन्ध धन/पैसाको हैन, किनकि कुनै सम्बन्धले मुनाफा दिदैन तर जिवन सम्पन्न बनाईदिन्छ..!तपाईसंग मारुति होस् या पजेरो ,सड़क त उही हुन्छ। तपाई टाइटन लगाउनुहोस् या रोलेक्स - समय उही हुन्छ। तपाईसंग मोबाइल एप्पल होस् या नोकिया - तपाईलाई फोन गर्ने ब्यक्ति फेरिने छैन! तपाई इकोनोमी क्लासमा यात्रा गर्नुहोस या बिज़नेस क्लासमा - समय त त्यति नै लाग्दछ। भव्य जीवनको लालसा राख्नु वा जीउनु नराम्रो होईन, तर सावधान हुनुहोस् किनकि आवश्यकता पूरा हुन सक्छ, तृष्णा पुरा हुँदैन। एउटा सत्य यो पनि छ कि धनाढ्यहरुको आधा धन त यो प्रमाणित गर्नमै खर्च हुन्छ कि उ पनि एउटा धनाढ्य हो। कमाई थोरै होस् वा धेरै तर भात त सबैको घरमा लगभग उस्तै नै हो। कति शानदार कुरा छ, बदला लिनमा के मजा छ मजा त तब आउँछ जब तिमी सामुन्नेको लाई बदल्न सक्छौ!
हो यो कुरा म मान्छु। एउटा गोल्डेन चेयरमा बसेर लक्जरिअस जीवनमा रमाउने मान्छेको जीवन ……… गास खोसिएको बास लुटिएको अर्थात् दुखको भूमरिमा पिलसिएर दुइ छाक खान , एक सरो लगाउन र ओत मुनि बस्न कै लागि संघर्ष को गमबूट लगाएर परेड खेल्ने अनि क्यामफ़लाइजमा पौंठे जोरी खेल्ने संग कतै मिल्दैन। तर एउटा समय को नियती कहिले ठुलो सम्मान ……कहिले अपमानै अपमान, कहिले चर्चा यही समयको, कहिले कथा, पटकथा यही समय को परिधिको । समयले मानिसलाई घडिको सुई जस्तै घुमाई रहदो रहेछ। पृथ्वी मात्रै घुम्दो रहेनछ। समय पनि घुम्दो रहेछ। कहाँ बाट कहाँ पुगेर गाँसिदो रहेछ। समय हाम्रो भाग्य हो, भाग्य बिधाता हो। समय संग दुख र सुख सधैं संगै बगिरहेको हुन्छ दुई नदीको किनारा बनी जुन संगै बग्छ, तर कहिल्यै भेटिँदैन ।
समयको निरंतर रफ़्तार संगै उखरमाउलो गर्मी यामको साँझपख आगन छेउको खाटमा पल्टेर मन्द बतासले उडाएर ल्याएको फूलहरुको सुगंध सुग्दै कल्पनाको सागर भित्र डुबेर सपनाको महल बनाउनु, लाखौँ ताराहरुको बीचमा घोप्टाइको सुनको थाली झैँ चन्द्रमालाई चोर औंलाले घोच्दै असीमित रहरहरुको संसार सजाउनु कम आनन्ददायी कहाँ हुन्छ र। जिन्दगीको पर पर क्षितीज सम्म फैलिएको बाटोलाई हेर्दै अंधकार औंशीलाई जूनकिरीको प्लीक प्लीक थप्दै आवश्यक्ताहरुको भू-सागर बाट दुइ ढुंगा बीच को जीवन उकास्न संघर्षको यात्रामा उत्रन पाउनु पनि समयले दिएको उपहार नै थियो। समय को गहना भै निरंतर संगै रहने अर्को एउटा पाटो हो रहर। रहर हरु ले मलाई कहिल्यै छोडेन, पछ्याइरह्यो। म त एउटा कर्म को कमारो त हो ,जिन्दगी को हंडरहरु संग ठोकीई रहें समयलाई उच्छिन्न। बेला बेला मा समय ले हर्षोल्लास पूर्ण स्वतन्त्रता को पटकाहरु पड्काएको गुंजायमान आवाजहरु मेरो घरको जग सम्म थर्काएर जान्थ्यो, सुनसान एकान्तलाई छिछोल्दै। तर मेरो प्रयास, मेरो कोशिस देखि साह्रै प्रशन्न भएछ क्यारे ..... समय खिस्स हाँस्दै मेरो अगाडि प्रकट भएर भन्यो: "मिस्टर! म हूँ समय,म प्रकृति हूँ, मलाई जित्ने यो संसारमा कोही पनि पैदा भएको छैन, कोही मालामाल भएको छ त केवल मेरो अशिर्बादबाट, तिमीले हातमा घड़ि नबाधे पनि म चल्दछु। कुखुरो नबासे पनि ममा कैयौं बिहानी छाउँछ। तिम्रो भित्ताको नयाँ वर्षको कैलेंडर नफेरे पनि म बदलिई रहन्छु।"
मैंले आँखा चिम्लदै भनें : थाली मा रहुन्जेल त्यही खाना पूज्य हुन्छ, जब थाली बाहिर झर्छ .... जूठो कहलिन्छ। समय बलबान छ।
वसन्त बिष्ट मेरो डायरी तुलसीपुर-४ दाङ
